Logo

राजेन्द्र लिङ्देनको उदयसँगै क कस्ले देखे गणतन्त्रमाथि खतरा



काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको विजयले राष्ट्रिय राजनीतिलाई धेरै तरंगित पारेको छ । लिङ्देनको जीतले राप्रपामा नयाँ ऊर्जा भरिएको विश्लेषण हुनथालेको छ । यसबाट गणतन्त्र पक्षधरहरु भने सतर्क भएका छन् ।

लिङ्देनको जीतलाई गणतन्त्रमाथिको खतराका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विश्लेषण गरेका छन् । उनले आज विज्ञप्तिमार्फत नै त्यस्तो उल्लेख गरेका हुन् ।

राप्रपामा लिङ्देन अध्यक्षमा चुनिएबाट राजतन्त्र र हिन्दु राष्ट्रको कुरा बढी उठ्ने केसीको तर्क छ । यसका भारतको सत्तारुढ भाजपा योजनावद्ध तरिकाले लागेको उनको आरोप छ ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र खतरामा परेको बताएका छन् । उनले गणतन्त्रमाथि ठूलो षड्यन्त्र भइरहेको बताए । लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित भएपछि यादवको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहारको षड्यन्त्र भइरहेको बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर यसमा संलग्न भएको आरोप लगाउने गरेका छन् ।

विशेषगरी लिङ्देनको जीतले राप्रपाको राजनीतिमा नयाँ घटना विकास भएसँगै गणतन्त्र पक्षधर नेताहरु सतर्क भएका छन् । यसलाई कतिपयले पूर्व राजा ज्ञानेन्द्र शाहको रणनीति अनुसार भएको बताउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्