काठमाडौं, २२ मंसिर । बलिउडका सुपरस्टार सलमान खानद्धारा सामाजिक कार्यको लागि स्थापित विइंग ह्युमन फाउन्डेसनद्धारा संचालित संस्था हो विइंङ ह्युम्यान क्लोथिङ । यो कम्पनीले पछिल्लो समयमा नेपालमा पनि विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको छ ।
संस्थाले गत शुक्रबार आफ्ना कम्पनीको ग्राहकहरुलाई मानमर्दन हुनेगरी षड्यन्त्रपुर्वक रुपमा गरिएको कारवाहीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सस्तो लोकप्रियताको लागि षड्यन्त्रपुर्वक रुपमा गरिएको कारवाहीप्रति असन्तुष्ट जनाउँदै आवश्यक कागजातसहित कानुनी उपचार लिन लागेको जानकारी दिएको हो ।
एक विज्ञप्ती जारी गर्दै संस्थाले आफ्नो संस्थासँग सम्बन्धित व्यक्तिले जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकमलाई प्रहरीले नियन्त्रणमा लिई सो रकममको श्रोत नखुलेको ठहर गर्दै सोही अनुसार संचारमाध्यममा समाचार प्रेषित गरेकोमा आपत्ति जनाएको हो ।
उक्त रकमको श्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवं प्रमाणपत्रहरु सहित कानुनी उपचार लिन जाने कम्पनीले बताएको छ ।
साथै आफ्नो संस्थालाई बदनाम गरि केही निजी स्वार्थपुर्ती गर्ने कार्यमा संलग्नहरुको पहिचान गरेर आवश्यक कारवाहीको कदम चाल्ने पनि संस्थाले चेतावनी दिएको छ ।