काठमाडौं, २२ मंसिर । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । नेप्से आज ५३ दशमलव १० अंकले घटेर २४ सय ५५ दशमलव ८० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ३४ अंकले घटेर ४ सय ६४ दशमलव ७९ विन्दुमा थामिएको हो ।
साताको कारोबारको चौथो दिन आज २ सय २६ कम्पनीको ४२ हजार ९ सय ४६ पटक शेयर कारोबार भएर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।