Logo

ओली अस्वस्थ भएपछि उप-महासचिव ज्ञवालीले गरे पत्रकारहरुसँग छलफल



काडमाडौँ, २३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि पार्टीका उप-महासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग छलफल गरेका छन् । आज (बिहीबार) प्रेस चौतारी नेपालले आयोजना गरेको काठमाडौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार भेटघाट कार्यक्रमलाई उपमहासचिव ज्ञवालीले सम्बोधन गरेका हुन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको समेत बताए । उनले भने, ‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो।’ उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरे ।उनले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको बताए ।

Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्