Logo

सोनिया गान्धीको सन्देश सुनाउँदै कँग्रेस आईका महासचिव मुकुल वाश्निकले भनेः संविधान जारीको स्वागत गर्दछौं



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कँग्रेस आईका महासचिव मुकुल वाश्निकले २०७२ मा भएको संविधान जारीको खुलेर स्वागत गरेका छन् । उनले संविधान जारीलाई महत्वपूर्ण उपलब्धि भने ।

कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको सन्देश पढेर सुनाउँदै मुकुल वाश्निकले भने,‘सन् २०१५ मा नेपालमा गरेको संविधान जारी महत्वपूर्ण उपलब्धि हो ।’ उनले भारतको चाहना स्थायित्वसहितको शान्तिपूर्ण नेपाल भएको बताए ।

सोनिया गान्धी आफै आउन चाहेको तर लोकसभाको अधिवेशन सुरु भएकाले नआएको सुनाउँदै भने,‘सोनिया गान्धी आउनुहुन्थ्यो त निकै खुशी हुनुहुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्