Logo

काँग्रेसको मञ्चबाट महन्थ ठाकुरले दिए आन्दोलनमा जाने चेतावनी



काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु आन्दोलनमा जाने चेतावनी दिएका छन् । आज नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटमा शुभकामना मन्तव्य दिदै आफूहरुको जायज मागको सम्बोधन नभएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

‘रेशम चौधरीलगायत हाम्रा साथीहरु अझै जेलमा छन्,’ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरु रहेको मञ्चमा भने,‘माग पूरा नभए आन्दोलनमा जान वाध्य हुनेछौं ।’ आफूहरुको संविधानप्रति असन्तुष्टि गरे ।

ठाकुरले पार्टीभित्र स्थिरता नभए सरकार स्थिर नहुने टिप्पणी गरे । पार्टी प्रणालीमा सरकारको स्थिरताका लागि दलको स्थिरता अनिवार्य भएको बताए ।

‘पार्टीमा स्थिरता छैन भने सरकारमा स्थिरता हुँदैन,’ ठाकुरले भने । उनले संसद देखि न्यायालयसम्ममा विवादहरु भइरहेको बताए ।

बेञ्च र बारमा विवाद भएको उल्लेख गर्दै न्याय दिने न्यायालय नै विवादमा परेको बताए । अदालतमा अरुले हस्तक्षेप गर्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्