Logo

धर्मनीरपेक्ष ठिक होइनः सशांक कोइराला



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले धर्मको मुद्दा उठाएका छन् । उनले काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा बोल्दै धर्मको मुद्दा उठाएका हुन् ।

‘धर्मनीरपेक्ष शब्द ठिक होइन, महामन्त्री कोइरालाले भने,‘धर्म सापेक्ष र निरपेक्ष हुँदैन । धार्मिक स्वतन्त्रता हुन्छ ।’ उनले संविधानमा त्रुटी रहेको भन्दै परिवर्तन गर्दै जानुपर्ने बताए ।

कोइरालाले भने,‘संविधान लकिरको फकिर हुँदैन, परिवर्तन हुँदै जान्छ ।’ कोइरालाले धर्मको मुद्दा पार्टीको महाधिवेशनको सुरुमै उठाउनुलाई अर्थपूर्ण मानिएको छ ।
देशमा हिन्दुराष्ट्रको मुद्दा उठिरहँदा काँग्रेस महामन्त्री कोइरालाको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्