Logo

काँग्रेसमा रातभर ठूलै चलखेल, नेताहरुको कित्ता परिवर्तन



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा रातभर ठूलै चलखेल भएको छ । सभापतिका आकांक्षीहरुले टिम बनाउन गरेको गृहकार्यले पछिल्लो पुस्ताका नेताहरुको कित्ता परिवर्तन भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य डा. शेखर कोइरालाले टिम बनाउन गरेको गृहकार्यका क्रममा कित्ता परिवर्तनहरु भएका छन् । देउवा प्यानलमा पदाधिकारीका आकांक्षीले अवसर नपाउने भएपछि सिंह र कोइरालाको टिममा स्थान बनाएको बुझिएको छ । कोइराला प्यानलमा पदाधिकारी नपाउने भएपछि उनीसँग निकटहरुले पनि कित्ता परिवर्तन गरेका छन् ।

रातभर ठूलै चलखेल भएपछि काँग्रेसको राजनीतिमा नयाँ घटना विकास भएको छ । सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग राजनीतिक लेनदेन गरेको बुझिएको छ । उनको प्यानलबाट प्रदीप पौडेलले महामन्त्रीमा स्थान पक्का गरेका छन् । तर, पौडेल पसेपछि महामन्त्रीका अन्य आकांक्षी रुष्ट भएका छन् । उनीहरु कित्ता परिवर्तनका लागि ठिक्क परेको बुझिएको छ ।

दिनभर मनोनयन दर्ताका क्रममा धेरै नेताहरुको कित्ता परिवर्तन हुने देखिएको छ । सभापतिमा देउवा नै संस्थापन पक्षबाट उम्मेदवार हुने भएपनि पदाधिकारीमा आकांक्षी धेरै छन् । यसले देउवा अप्ठ्यारोमा छन् ।



प्रतिक्रिया दिनुहोस्