Logo

कांग्रेस सभापतिमा पौडेलले उम्मेदवारी नदिने



काठमाडौँ, २५ मङ्सिर।कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। आज शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्। पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु गएका थिए।

पाण्डेले भने, ‘रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेद्वारी नदिने भन्नुभएको छ। उहाँले कसलाई समर्थन गर्ने भन्नेबारेमा बेलुकासम्म टुंगो लाग्नेछ।’संस्थापनइतर पक्षले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह निरन्तर छलफलमा छन्।

सो समूहबाट नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सहमति जुटे सभापतिको उम्मेदवारबाट आफूहरू लचिलो बन्ने संकेत गरेका छन्। तर, नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न सकेको छैन। सर्वसम्मत रुपमा आफूलाई उम्मेद्वारी बनाउन पौडेलले आग्रह गर्दै आएका थिए।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा शेरबहादुर देउवा र कृष्ण सिटौलापक्ष एउटै प्यानल बनाएर अगाडि बढेका थिए। महाधिवेशनमा पनि उनीहरु एक भएर जाने सहमति भएको छ।



प्रतिक्रिया दिनुहोस्