काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले जनताले नेपाली काँग्रेसलाई बुढो भयो भन्न थालेको भन्दै नयाँ विचार र नयाँ नेतृत्वलाई जिताएर पार्टीलाई नयाँ उचाईमा पुर्याउन अपिल गरेकी छिन् ।
काठमाडौंको सिहंदरबारस्थित एक व्याङ्केटमा आयोजित प्रकाशमान सिहंको सभापतिमा उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस पार्टीलाई हाक्नसक्ने एकमात्र सभापति प्रकाशमान सिहं रहेको दाबी गरिन ।
यस्तै, नेपाली काँग्रेस खुम्चिदै गइरहेको भन्दै प्रकाशमान सिहंको नेतृत्वको समितिले सबैको प्रतिनिधित्व गर्ने दाबि गरिन् । उनले पनि प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । तस्विरः मुकुन्द कालिकोटे