Logo

नेतृत्वको प्रतिष्पर्धाबाट बाहिरिएका रामचन्द्र पौडेलको टिप्पणी : १४औं महाधिवेशनसम्म आईपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु (विज्ञप्तीसहित)



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू १४औं महाधिवेशनमा नेतृत्वको प्रतिष्पर्धाबाट अलग रहने निर्णय गरेका छन् । आज एक विज्ञप्ती निकाल्दै उनले यस्तो जनाएका हुन् ।

उनले भनेका छन्–‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भैरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिष्पर्धाबाट अलग रहने निर्णय गरेको छु । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो होईन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ । म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सवल र एकतावद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु ।’

उनले आफूले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको हो, त्यो कांग्रेसमा विचलन आईरहेको कुरा आफूले अनुभव गर्नुपरेको पनि उल्लेख गरेका छन्। उनले १४औं महाधिवेशनसम्म आईपुग्दा आफूले अनेक प्रपञ्च भोगेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्