काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर निधिले आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् ।
निधिले उम्मेद्धवारी दर्ता गराएसँगै कांग्रेसको नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने भएको छ। उम्मेद्धवारी दर्ताको लागि अहिले ५ बजेसम्मको लागि समय तोकिएको छ। Photo By: Mukunda Kalikote/ReportersNepal