Logo

अरुणा शाहीको नेतृत्वमा भलिबल टिमको घोषणा



काठमाडौं, २६ मंसिर । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका राष्ट्रिय महिला टिमको घोषणा गरिएको छ ।

नेपाल भलिबल संघले आइतबार अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय टिमको घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट संघले १२ सदस्सीय टिम घोषणा गरेको हो ।

नेपाली टोलीमा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहेका छन् ।

लक्ष्मी चन्द राष्ट्रिय टोलीमा नयाँ अनुहार हुन् ।

प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म ढाकामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्