Logo

पहिलो खेलमा अंक बाडेको नेपालले श्रीलंकाविरुद्ध के गर्ला ?



काठमाडौं, २६ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

ढाकामा हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै दुवै टोलीले पहिलो खेलमै १÷१ अंक बाडेका हुन् ।

नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ ।

श्रीलंकाविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा रहनेछ ।

तर, श्रीलंकालाई जित्न नेपाललाई सहज भने हुनेछैन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्