Logo

केन्द्रीय सदस्यका उम्मेद्वार कार्की भन्छन्– राजनीति विचारले गर्ने हो पुस्तान्तरणको आवस्यकता छैन्



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका नेता नारायण बहादुर कार्कीले राजनीति उमेरले नभएर दिमागले गर्ने भन्दै पार्टीमा अहिलेको अवस्थामा पुस्तान्तरण पुस्तान्तरणको आवस्यकता नरहेको धारणा राखेका छन् । ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा खस आर्य खुल्लाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका कार्कीले पार्टीमा ठुलो परिवर्तन आउँछ भन्ने आफुलाई नलागेको बताए ।

‘नयाँ पुस्तासँग यदि त्यो विचार थियो भने सभापतिमा उम्मेद्वारी दिन सक्नुभयो त ? त्यसैले अहिले नै पुस्तान्तरण होला भन्ने मलाई लाग्दैन्’ उनले भने ।

साथै, उनले पार्टीले नै अर्याएको काम गर्दा खुट्टा गुमाएको आफुलाई शेरबहादुर देउवाले केन्द्रीय सदस्य बन्नुहोस भन्दा निकै खुसी लागेको बताए ।

कार्कीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारको क्रममा भएको बम विस्पोर्टमा परि खुट्टा गुमाएका थिए ।

‘मलाई प्रतिनिधिहरुले भोट हालेर जिताउनुहुन्छ भन्नेमा म विस्वस्त रहेको छु’, उनले भने ।

यस्तै, उनले नेपाली काँग्रेसको १४औं महाधिवेशनले पार्टीमा देखिएका विकृति÷विसंगतीलाई हटाउनेमा आफु ढुक्क रहेको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्