काठमाडौं, २६ मंसिर। सनराइज बैंकले सुनसरीमा थप शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले दुहबी–८ स्थित जुटमिल चोकमा सेवा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखारहित इकाइ ८१ पुगेको छ ।
बैंकले सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा अमनकुमार साहलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन दुहबी नगरपालिकाकी कार्यवाहक प्रमुख कलावति चौधरीले गरेकी थिइन् ।
शाखारहित इकाइमार्फत सर्वसाधारणले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्नेछन् । कृषि, मजदुरी र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको यस क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाइ सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
कार्यक्रममा वडासचिव रोहित पराजुली, बैंकका प्रदेश १ प्रमुख विवेककुमार निरौलालगायत विभिन्न शाखा प्रमुखको उपस्थिति थियो ।
हाल बैंकले १३९ शाखा, ८१ शाखारहित बैंकिङ, १२ एक्सटेन्सन काउन्टर र १५८ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।