काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्धवार बालकृष्ण खाँणले आगामी तीन वटै निर्वाचनमा कांग्रेसलाई विजयी गराउने संकल्प साकार पार्न सभापति शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गराउन अपरिहार्य रहेको बताएका छन् । आज एक अपिल जारी गर्दै खाँणले यस्तो बताएका हुन् । उनले लोकतन्त्र, संविधान र पार्टीको भविष्यका लागि सभापति देउवालाई सभापतिमा निर्वाचित गराउन पनि आग्रह गरेका छन् ।
उनले यस महाधिवेशनमा पदाधिकारीका लागि पार्टीका आफूलाई दिएको सुझाव तथा आफूप्रति देखाएको सहयोग, समर्थन, सदभाव र विश्वासप्रति आभारी रहेको पनि उल्लेख गरेका न् । तर पार्टीको वृहत्तर हित, एकता र भविष्यका लागि पुनः केन्द्रीय सदस्यमा रहेर पार्टीमा भूमिका निर्वाह गर्ने निर्णय गरेको पनि सुनाए ।
उनको अपिल यस्तो छ :