काठमाडौँ, २७ मङ्सिर। सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा सभामुखको भूमिका खेलको अम्प्यायर जस्तो भएको बताएका छन् । आज (सोमबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका हुन् ।
उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । उनले भने– ‘मुख्यत्: यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ । सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौं । संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ ।’-File Photo-RN