काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका दुई शिर्ष नेताबीच आज भेटवार्ता भएको छ । कांग्रेस नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भर्खरै सिंह निवास चाक्सीबारीमा भेटवार्ता भएको हो । गृहमन्त्री तथा देउवा निकटका बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्के लगत्तै कोइराला सिंह निवास पुगेका थिए ।
भेटमा कोइरालाले सिंहलाई दोस्रो चरणको चुनावमा आफुलाई सँघाउन आग्रह गरेका थिए । सिंहले आफ्ना पक्षका नेताहरुसँग छलफल गरेर सामुहिक रुपमा निर्णयमा पुग्ने जवाफ दिइएको बुझिएको छ । खाँणले पनि अबको दोस्रो चरणको चुनावमा देउवालाई सघाउन आग्रह गरेका थिए । सिंहले ३ सय ७१ मतसहित तेस्रो स्थान हासिल गरेका छन् ।