Logo

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित



२८ मङ्सिर : ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । त्यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् ।

प्राप्त समाचारअनुसार त्यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण त्यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ । त्यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पु¥याइरहेका बताइएको छ। त्यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्