Logo

एनएलजी इन्स्योरेन्सको बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न



पोखरा, २८ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीको पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय पाँच दर्जनभन्दा बढि किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको सम्बन्धमा जिज्ञाशा राख्नुका साथै बीमा गर्ने प्रक्रियाबारे जानकारी लिएका थिए । सो छलफल कार्यक्रम पश्चात् घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । सो घुम्ती बीमा सेवा कार्यक्रममा दर्जनौं किसानहरुले बीमा सेवा लिएको कम्पनीको भनाई छ ।

कम्पनीको अनुसार कृषक तथा पशु पालन किसानले आफ्नै घर दैलोमा बीमा सेवा प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै बीमा बारे जानकारी लिएका थिए । सोही कार्यक्रमकै अवसर पारेर एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले घुम्ती बीमा कार्यक्रमको अवसर पारेर पशुधनको मृत्यु दाबी गरेका केही किसानहरुलाई रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको घुम्बी बीमा बीमा सचेतना कार्यक्रम निकै प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्