काठमाडौं, २८ मंसिर । केहि हप्ता यता निरन्तर ओरालो लागेको शेयरबजारमा आज (मंगलबार) हरियाली छाएको छ ।
यो सँगै निराश बनेका लगानिकर्ता उत्साहित भएका छन् ।
कारोबार सुरु भएदेखिनै आक्रामकरुपमा अघि बढेको नेप्से करिब दुई घण्टामा ११४.२५ अंकले बढेर २३९५.९३ अंकमा पुगेको छ ।
तर, यो समाचार तयार पार्दासम्म कारोबार रकममा भने खासै ठूलो बृद्धी भएको छैन् ।
अहिलेसम्म १ अर्ब ४५ करोड ६० लाख बराबरको कारोबार भएको छ।
नेप्से परिसुचक नाटकियरुपमा बाउन्स हुँदा केहि समयका लागी कारोबार बन्द गरिएको थियो ।