Logo

राष्ट्रिय सभा बैठक ३ अध्यादेश पेश गरेर सकियो, अब पुस ५ गते बस्ने



काठमाडौँ,२८ मंसिर । राष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठक तीन अध्यादेश पेश गरेर सकिएको छ । बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ मुख्य गरी विभिन्न छ अध्यादेश पेश भएको हो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री गुरुङले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरे ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अबरुद्ध गरेको हो । सभाको अर्काे बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्