Logo

१३०० मत गणना हुँदा देउवाभन्दा २३४ मतले पछि परे शेखर कोइराला (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । सुरुवाती मतपरीणाममा देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

जारी मतगणनामा अहिलेसम्म १३०० मत गणना हुँदा शेरबहादुर देउवाले ७६१मत प्राप्त गरेका छन् भने कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । देउवाले कोइरालाभन्दा २३४ मत बढि प्राप्त गरेका छन् ।

दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ । अहिलेसम्म १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्