Logo

१८०० मत गन्दा देउवाले कटाए १००० मत, शेखरको कति ? (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

जारी मतगणनामा अहिलेसम्म १८०० मत गणना हुँदा शेरबहादुर देउवाले १०४० मत प्राप्त गरेका छन् भने कोइरालाले ७४१ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच तीन सयको मतअन्तर रहेको छ । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्