Logo

५३४ मतले पछि परे शेखर (लाईभ-अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले ५ सय भन्दा बढि मतले अग्रता लिएका छन् । उनले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता धेरै नै ५३४ मतले फराकिलो बनाएका छन् ।

जारी मतगणनामा अहिलेसम्म २७०० मत गणना हुँदा शेरबहादुर देउवाले १५५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १०२४ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच ५ सय भन्दा बढिको मतअन्तर रहेको छ । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्