Logo

३०६३ मत गन्दा देउवालाई १८४४ मत प्राप्त, शेखरलाई ११९५ (६४९ मतको अन्तर)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले ६ सय भन्दा बढि मतले अग्रता लिएका छन् । उनले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाएका छन् ।

जारी मतगणनामा अहिलेसम्म २९६३ मत गणना हुँदा शेरबहादुर देउवाले १८४४ मत प्राप्त गरेका छन् भने कोइरालाले ११९५ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच ६४९ मतको अन्तर रहेको छ । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्