काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवा जितको नजिक पुगेका छन् । उनले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता निकै फराकिलो बनाएका छन् ।
जारी मतगणनामा अहिलेसम्म ३३१८ मत गणना हुँदा देउवाले १९८४ मत प्राप्त गरेका छन् भने कोइरालाले १३०९ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच ६७५ मतको अन्तर रहेको छ । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।