Logo

सोल्टी होटेलमा नयाँ संचालक समिति गठन



काठमाडौं, मंसिर २९ । सोल्टी होटेल लिमिटेडमा नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मङ्सिर २८ मा सम्पन्न साधारणसभाले नयाँ संचालक समिति गठन गरेको हो ।

कम्पनीको संचालक समितिमा संस्थागत शेयरधनीहरु मध्येबाट नियुक्त ५ जना र सर्वसाधारण शेयरधनीहरु मध्येवाट निर्विरोध निर्वाचित भएका ३ जना संचालक र १ जना स्वतन्त्र संचालक गरी ९ जना रहेको नयां संचालक समिति गठन भएको हो।

जस अनुसार संस्थागत शेयरधनी सोल्टी ईन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका ४ जना संचालकमा दिनेश बहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजि श्रेष्ठ र जया राज्यलक्ष्मी शाह, तथा नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका १ जना संचालकमा गणेश बहादुर चन्द नियुक्त भएका छन् । दिनेश बहादुर विष्ट कम्पनीका कार्यकारी अध्यक्ष चयन भएका छन् ।

त्यसैगरी कम्पनीका सर्बसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्न सर्बसाधारण शेयरधनीहरुको तर्फबाट निर्विरोध निर्वाचित भएका ३ जना संचालकमा शशीराज पाण्डे, निरञ्जन कुमार टिवरेवाला र प्रकाश विक्रम खत्री रहेका छन् । त्यसैगरी, कम्पनीको ४७औं वार्षिक साधारण सभाले दीपक राज जोशी, मण्डिखाटार, काठमाण्डौंलाई सर्वसम्मतीबाट स्वतन्त्र संचालक चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्