Logo

गगन थापाको प्रकाशमानमाथि प्रश्नः एकाविहानै के भयो ?



काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका नेता गगन थापाले प्रकाशमान सिंहमाथि कटाक्ष गर्दै ६ घन्टाभित्र परिवर्तन भएको आरोप लगाए । उनले शेखर कोइराला समूहको भेलामा बोल्दै इतिहासले यसको उत्तर खोज्ने बताए ।

‘अघिल्लो दिनसम्म यो नेतृत्व दोहोरिए देश डुब्छ भन्ने, एकाविहानै यही नेतृत्व चाहिन्छ भन्ने ?’ गगन थापाले प्रश्न गरे,‘६ घन्टाभित्र के भयो ? इतिहासले सोध्नेछ ।’

महाधवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीसोमा समेत प्रत्येक मतदातासँग हात जोडेर मत माग्न वाध्य पारेको सुनाए । उनले भने,‘चीसोमा पनि कोटमाथि कोट लगाएर प्रधानमन्त्रीज्यू मत माग्न हिंड्नुभयो । चितवनको ओलीवेशनमा पूर्व प्रधानमन्त्री होटलको कोठामा बसेर सूची तयार गरेर पढिदिनुभयो । ओलीवेशन र काँग्रेसको महाधिवेशनमा फरक यही हो ।’

वीपी कोइराला र गणेशमान सिंह आफूहरुको पनि बा भएको टिप्पणी गरे । उनले प्रकाशमान सिंह र सशांक कोइरालाको नाम नलिई व्यङ्ग्य गरे ।



प्रतिक्रिया दिनुहोस्