काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् ।
उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्,’यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
सरकारका कामकार्वाई गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अैाचित्य के हो? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 15, 2021