काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सम्पन्न भइको छ । जसअनुसार सभापतिमा विजयी शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी भएका छन् ।
गुरुङ्ले गच्छादारलाई जम्मा ३ मत बढि ल्याएर पराजित गरेका हुन् ।
सभापतिमा पराजित डा. शेखर कोइराला समुहका चन्द्र भण्डारी र देउवा समुहका विजय गच्छादार, प्रकाशमान सिंह समुहकी सुजता कोइराला र विमलेन्द्र निधी समुहकी दिव्यश्वरी शाह पनि पराजित भएका छन् ।
देउवा प्यानलबाट प्रतिस्पर्धामा रहेका विजय गच्छदार र शेखर प्यानलका चन्द्र चण्डारी प्रतिस्पर्धात्मक रुपमा पराजित भए। चार बाहकेका अन्य उम्मेद्वारले ५०० मत कटाउन सकेनन्। सभापतिमा दुई पदका लागि सात जनाको उम्मेद्वारी परेको थियो।
निर्वाचन समितिका अनुसार अब महामन्त्री पदको मतगणना हुनेछ। दुई महामन्त्रीका लागि ६ जना प्रतिस्पर्धामा छन्।
महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा छन्। राजाराम कार्की पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्।