काठमाडौं, १ पौष । नेपाली काँग्रेसको सभापतिमा पहिलो चरणमा तेस्रो स्थान हासिल गरी पराजित प्रकाशमान सिंह सामाजिक सञ्जालमा आलोचित छन् । उनले दोस्रो चरणमा नेतृत्व परिवर्तनको पक्षमा नलागेर शेरबहादुर देउवालाई साथ दिएको भन्दै अलोचित भएका हुन् । तर, यतिबेला सिंह दंग रहेको बुझिएको छ ।
सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा विजयी भएका छन् । शर्मा पदाधिकारीमा सिंहको प्यानलबाट विजयी एकमात्र उम्मेदवार हुन् । आज विहान सकिएको उपसभापतिको मतगणनामा सुजाता कोइराला पराजित भएकी थिइन् । सुजाता पाचौं स्थान हासिल गर्न पुगिन् ।
विश्वप्रकाश शर्मा काँग्रेसका प्रवक्ता हुन् । उनी लामो समय देउवा समूहमा थिए । अन्तिम समयमा सिंहको प्यानलबाट चुनाव लडे । उनको यो निर्णय सही सावित भयो ।