काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।
उनले नेपाली काँग्रेसको १४औ महाधिवेशनमा पराजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।
कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए ।