काठमाडौं, २ पुस । क्वान्टम क्यापिटल लिमिटेडले साधारण सभा पुस २५ गते बोलाएको छ । कम्पनीको ११औं वार्षिकसभा कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/७८ को वासलात, सोहि अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचिहरु समेत छलफल गरी पारीत गर्ने जनाएको छ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७८/४७९ को लागि लेखापरीक्षकको नियुत्ति तथा नीजको पारीश्रमिक तोक्ने जस्ता प्रस्ताव पारित हुनेछ ।