काठमाडौं, २ पुस । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।
खेलको १०औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।
तार, आर्मीको अग्रता ६ मिनेट मात्र टिक्यो । सातदोेबाटोका मार्टिन्स अजायीले १६औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ भने सातदोबाटो ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।