Logo

काँग्रेस खुल्ला केन्द्रीय सदस्यतर्फ मधेशी र जनजाति कति जना जित्लान् ?



काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको ३५ सिटको खुल्ला केन्द्रीय सदस्यतर्फको मतगणना आधाभन्दा बढी सकिदा न्यून संख्यामा मधेशी, थारु र जनजाति चयन हुने सम्भावना देखिएको छ । अहिलेसम्म आधा मत गणना हुँदा ४० जनामा परेकामा मधेशी १ र थारु ३ मात्र छन् । ३५ भित्र २ जना मात्र थारु परेका छन् ।

बढी मत ल्याउने ३५ भित्र ३ जनामात्र जनजाति छन् । जनजातिमध्ये २ जना नेवार छन् । ३५ भित्र परेकामा १५ जना बाहुन र १३ जना क्षेत्री समुदायका छन् ।

काँग्रेसको मुख्य आधार रहेको तराई मधेशमा खुल्लातर्फ न्यून केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढेको छ । एक वा दुई जना मात्र प्रदेश २ बाट केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना छ ।

काठमाडौं उपत्यकाबाट अधिकतम ३ जना मात्र केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना देखिएको छ । तीमध्ये सबै ललितपुर जिल्लाका मात्र छन् । काठमाडौं जिल्ला केन्द्रीय सदस्यमा सून्य हुने निश्चितप्रायः देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्