काठमाडौं, ४ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तरगतको खेलमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै लुम्बिनीले जित निकालेको छ ।
मैदान भिजेका कारण खेल ६ ओभरमा झारिएको थियो ।
१८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३ दशमलब १ ओभरमा विना कुनै नोक्सानी पुरा गर्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरी १२ र नेरी थापा ५ रनमा अविजित रहे ।
यस अघि ब्याटिङ गरेको कर्णालीले ६ ओभरमा ३ विकेट गुमाएर १७ रन जोडेको थियो ।
कर्णालीका लागि कप्तान आयुशा टन्डन र दिक्ष्या पुरीले समान ७÷७ रन जोडे ।
लुम्बिनीका लागि सुस्मिता भुषालले दुई विकेट लिइन् भने नेरी थापाले एक विकेट हात पारिन् ।
लुम्बिनीले दुई खेलमा चार अंक जोडेको छ ।
कर्णालीले भने लगातार दुई खेलमा हार व्यहोरेको छ ।