लण्डन, ४ पुस । गैरआवासीय नेपाली संघका अभियन्ता र आगामी महाधिवेशनमा सचिवका उम्मेद्धवार रामशरण सिम्खडाले संघको वैधानिक व्यवस्थालाई चूनौति दिएर सहमतिको आधारमा पदाधिकारी भागबण्डाको प्रस्ताव आउन दुःखद् भएको बताएका छन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । संघभित्र पछिल्लो समय देखिएको विवाद समाधान गर्न भनि गठित उच्चस्तरीय समिति नै बैधानिक र निश्पक्ष छैन । एक खेमालाई निर्वानमा खुल्ला सहयोगको सयोजन गरिरहेको समितिले सहमतिको खाका तैयार गर्नेमा आश्वस्त हुने कुनै आधार देखिन्न । सहमतिको आधारमा बांकी अबधी आधा(आधी समयाबधी २ जना अध्यक्षका प्रत्यासी डा केसी र आचार्य बिच बांडफांड र पदाधिकारीहरु समेत सहमतीमा आधाआधी चयन गर्नुपर्ने प्रस्ताव सहमतिको आधारमा बांकी अबधी आधा(आधी समयाबधी २ जना अध्यक्षका प्रत्यासी डा केसी र आचार्य बिच बांडफांड र पदाधिकारीहरु समेत सहमतीमा आधाआधी चयन गर्नुपर्ने प्रस्ताव आएपछि सिम्खडाको यस्तो टिप्पणी आएको हो ।
हाल सम्म कोही पनि बैधानिक उम्मेदवार हैनन, के ग्यारेण्टी छ यि २ मात्र उम्मेदवार हुन भन्ने । आकांक्षीकै कुरा गर्ने हो भने सामाजिक संजाल र भब्य कार्यक्रमकै आयोजना गारेर अमेरीका निवासी जुझारु एनआरएनकर्मी रबिना थापाले पनि त उम्मेदवार घोषणा गर्नु भएको छ । छलफलमा उहांलाई किन अन्देखा गरिन्छ रु सिम्खडाले संघमाथि राजनीति हाबी हुनु दुःखद् भएको पनि बताए । उनले संघको वैधानिक व्यवस्थालाई किनारा लगाएर बिधान बाहिर सहमतिको प्रयास गरिनु दुःखद् भएको बताए । उनले भने,‘संघमा अस्तव्यस्त सिर्जना गराउनको लागि सरकारलाई प्रयोग गरियो । गैरआवासीय नेपाली संघ भनेको त मुलुकको आर्थिक–कुटनीति सम्बन्ध स्थापित गर्नको लागि र विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालमा उपयोग गर्नको लागि हो । तर, अहिले सरकारमा रहेको पार्टीको केही अमूक व्यक्तिलाई प्रयोग गरियो, सत्तामा हुनेलाई प्रलोभनमा राखेर संघभित्र अवैधानिक काम गर्न खोजियो । यो दुःखद् हो ।’
सिंगो पार्टीलाई मुछ्नु दूभार्ग्य हुनेछ । त्यसभित्रका केही पात्रहरु र संघभित्रकै केही अबान्छित र पदलोपुलहरुले बिभिन अबैधानिक निकायलाई सकृय गराउंदा यस्तो पबित्र संघलाई अनिर्णयको बन्दी बनाईयो । ३६०० डेलिगेट्समा करिब ३३०० मा कुनै बिबादै छेन। केहीमा आयातित बिबाद बनाईएको छ । बिधान अनुसार चल्ने हो भने यो समस्या समस्या नै हैन । परराष्ट्रले बिधानलाई अपब्याख्या गर्दै कसै निर्देशित परिपत्रलाई उच्च अदालतले निस्कृय बनाईदिई सकेको छ ।
संघको निर्वाचमा अध्यक्षका प्रत्यासी कुल आचार्य समूहका प्रतिनिधि डा। यादव पण्डितले समितिमार्फत नै पदाधिकारी चयन गर्ने लिखित प्रस्ताव पेश गरेपछि झनै विवाद बढेको छ । यसअघि आचार्य समूहले नै एक/एक वर्ष भागबण्डा गर्ने प्रस्ताव अघि ल्याएको र अध्यक्षका प्रत्यासीद्धय डा। बद्री केसी र रविना थापाले ईन्कार गरेको बुझिएको छ । संघको विधानमा व्यवस्था भएका प्रावधान दुरुपयोग गरिनु गलत भएको पनि सिम्खडाको भनाई छ । संघको विवाद समाधान गर्ने नाममा नेपाल सरकार त्यसमा पनि परराष्ट्र मन्त्रालयले भने हस्तक्षेपकारी भूमिका खेलेको उनको गुनासो छ ।
निर्वाचनको अन्तिम तैयारी भैरहंदा निर्वाचन रोक भनि परराष्ट्र आफै भन्छ अनी समयमा निर्वाचन गराउउन नसकेकोले प्रमुख संरक्षकलाई जिम्मेवारी दिने पत्र पनि आफै काट्छ रु कार्यसमिति निस्कृय हुने अनि त्यही कार्यसमितिले चयन गरेको संरक्षक परिषद कसरी बैध र सकृय हुने रु यस्तो अबान्छित निर्देशन गर्न राज्यको अंगलाई परिचालित गराएकोमा सिमखडा आक्रोशित समेत देखिन्छन । हाल सहमतिको लागी बनिएको समितिको कुनै कानूनी र बैधानिक आधार समेत नरहेकोले यसले ल्याउने सहमितको प्याकेज बजारमा सबैलाई थाहा छ – तसर्थ यो मान्नु जरुरी छैन । उनले भने,‘नियमनकारी संस्थाको नाममा दुनियाँको कुनैपनि देशमा यस्तो हुँदैन्, सिडिओ कार्यालयमा दर्ता भएको संस्थालाई भोटर लिष्ट मलाई बुझाउ भन्ने हुँदैन् । हाम्रो संस्था एनआरएनए त देशको कानूनअनुसार दर्ता भएको हो । हामीले त सरकारलाई खासगरी परराष्ट्रलाई वार्षिक प्रतिवेदन बुझाउने हो । देशको प्रचलित कानूनबमोजिम काम गर्ने हो ।’
अहिले संघको यसअघि नै प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो । यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची पूर्ण रुपमा उपलब्ध भइनसकेकाले यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएको जनाएको छ । अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएको उल्लेख छ । सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको पत्रमा उल्लेख छ । समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।।