काठमाडौं, ५ पुस । आइतबार खुला तर्फको मतगणना सकिएपछि शुरु भएको नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिइरहेकी छिन् । हालसम्म १६ सय मतपत्र गणना हुँदा उनले संग्रौलाले १०१४ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याउदै पुप्पा भुषालले ९७० मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा.आरजु देउवाले ९०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, क्रमशः अम्बिका बस्नेतले ८८१, ईश्वरी न्यौपानेले ७८६, सरिता प्रसाईले ७६८, मत प्राप्त गरेका छन् । ९ जना महिला खुल्ला केन्द्रीय सदस्य निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ ।