काठमाडौं, ६ पौष । नेपाली काँग्रेस प्रदेश २ को सभापतिको प्रतिष्पर्धा रोचक हुने भएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले कृष्ण यादवलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ ।
संस्थापनइतर डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि निकट रामसरोज यादवलाई साथ दिने भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । प्रदेश २ का काँग्रेस संसदीय दलका नेता तथा भौतिकमन्त्री समेत रहेका रामसरोजलाई देउवा पक्षले साथ नदिने भएपछि स्थितिमा परिवर्तन भएको हो ।
कृष्ण यादव रौतहटका हुन् । उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण आफै जनकपुर खटिएका छन् ।सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु उदय शमशेर राणा, रामहरि खतिवडा, सुरेन्द्रराज पाण्डे, आनन्दप्रसाद ढुंगाना, रामेश रिजाललगायत जनकपुरमा छन् ।