एजेन्सी, ७ पुस । दिल्लीका एक युवा व्यापारीले आफु ओमिक्रोन पोजेटिभ भएपछि प्रशासनले निगरानीको लागि घरमा ४ जना सुरक्षाकर्मी राखेको आरोप लगाएका छन् ।
दुबईबाट ती युवा व्यापारी ४ डिसेम्बरमा भारत फर्केका थिए । दिल्ली एयरपोर्टमा उनको पुनः परीक्षण गर्दा उनलाई कोभिड पोजिटिभ देखिएको थियो ।
२७ वर्षीय साहिल ठाकुर कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको खबर आएपछि आत्तिए । तर, त्यतिन्जेल उनी होम आइसोलेसनमा बसिसकेका थिए । दुई दिनपछि ओमिक्रोनको रिपोर्ट पोजेटिभ आएपछि उनी छक्क परे । साहिलले भने, “म कसरी ओमिक्रोन संक्रमित हुन सक्छु भनेर सोचिरहेको थिएँ? मैले फेरि दोस्रोपटक परीक्षण गर्न अनुरोध गरें।”
साहिलले भने, “जब ओमिक्रोनले मलाई समात्यो, म घरबाट बाहिर निस्कन नपरोस् भनेर रातारात उत्तर दिल्लीको घरबाहिर ४ जना गार्ड तैनाथ गरिएको थियो। यो तनावपूर्ण अनुभव थियो। अझै पनि म र मेरो परिवारका लागि होम क्वारेन्टाइनमा चार गार्डहरू छन्। दिनरात घरबाहिर तैनाथ छन् । त्यसपछि एम्बुलेन्स पठाए र मलाई लोकनायक जयप्रकाश अस्पतालमा भर्ना गरियो।“
आफ्नो अनुभव साझा गर्दै साहिलले आफूलाई घाँटी नदुखेको, एक दिन पनि ज्वरो नआएको बताए । उनीहरुले पनि कोरोना भएको बताउन सकेनन् । अस्पतालमा ४० जना बिरामी थिए र तीमध्ये ३०–३५ जनामा कुनै लक्षण थिएन् । हामी हस्पिटलमा के गर्दैछौं, हामीलाई यहाँ किन राखिएको छ भनेर सबैले सोचे। उनीहरु सबैले कुनै पनि लक्षण बिना औषधि लिन अस्वीकार गरे।
साहिलले भने, “मैले भनेँ, मलाई समस्या नभएको बेला औषधि किन खाने? डेल्टा धेरै खतरनाक थियो तर ओमिक्रोन यसको दशौं भाग पनि होइन। मेरो कारणले परिवारमा कसैलाई पनि कोरोना भएको छैन् । मलाई थाहा छैन किन मानिसहरू किन यो छिटो फैलन्छ भन्छन्। त्यहाँ आत्तिनुपर्ने कुरा छैन। यो घातक छैन। मलाई ११० प्रतिशत थाहा छ ।”