काठमाडौं, ७ पुस । चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी मंगलबार राति पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार राति सुवेदी दम्पत्तिलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
सिआईबीेले उनीहरुलाई बुधबार म्याद थपका लागि जिल्ला काठमाडौैं अदातलतमा उपस्थित गराएको थियो । अदालतले दुवैजनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ ।
सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा हडपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए । सुवेदी दम्पत्तिसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित जग्गा फिर्ता माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।