काठमाडौं, ७ पुस । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् ।
क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार काठाडौंमा पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै क्यानका केन्द्रीय सदस्य लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरिएको भन्दै क्यान विधानमा नचलेको आरोप लगाए ।
क्यानले मंसिर २९ गते अनुशासनको कारण देखाउदै कप्तान मल्ल सहित ४ खेलाडीलाई कारबाहि गरेको थियो ।