Logo

रामेछापका २३ हजार विद्यार्थीलाई मोडर्ना खोप



रामेछाप, पुस ९। रामेछापका १२ देखि १७ वर्षसम्मका विद्यार्थीका लागि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको छ । जिल्लाका २९३ विद्यालयका २० हजार ८५९ बालबालिकाका लागि खोप अभियान बुधबारबाट थालनी गरिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।

खोप लगाउन छुटेका दुई हजार १०२ जना बालबालिकासहित २२ हजार ९६१ जनालाई यही शनिबारसम्म मोडर्ना खोप लगाइने जनस्वास्थ्य अधिकृत थापाले बताए । उनका अनुसार जिल्लाका १४५ खोपकेन्द्रबाट विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरी विद्यालयमै खोप लागउने व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म ६२ हजाभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्राको र ९२ हजार ६७६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्