Logo

उर्जामन्त्री भुसालले कार्यभार सम्हालेको पाँच महिना पुरा, यस्ता छन् १० महत्वपूर्ण काम



काठमाडौं, ९ पुस । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले कार्यभार सम्हालेको ५ महिना पुगेको छ । यो अवधिमा आफूले जनतालाई राहत पुग्नेगरि महत्वपूर्ण निर्णय लिएको र विद्युतको निर्यात गरी अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण शुरुवात भएको मन्त्री भुषालले दाबी गरेकी छिन् । आज सिंहदरबारस्थित् मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएकी हुन् । उनले खेतियोग्य जमिनमा सिँचाई पुर्याउने पनि आफूले नीति लिएको जनाएकी छिन् ।

उनले यो पाँच महिनाको समयमा भएका महत्वपूर्ण १० वटा कामहरु पनि सेयर गरेकी छिन् । तीमध्ये पहिलो नम्बरमा बीस युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई (सामूदायिक संस्थाअन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आईसकेको जनाईएको छ। विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेशनको विद्युत महशुस दर निर्धारण गरिएको छ ।

तस्विर : लक्ष्मीप्रसाद जैशी/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्