Logo

पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिकालाई आह्वान



काबुल [अफगानिस्तान], १० पुस: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई “नष्ट” गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।उनले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दियको टोलो न्यूजले जनाएको छ ।”

जो-२० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूलाई पहिले सहयोग उपलब्ध गराउनु आवश्यक छ,” पुटिनले टास समाचार एजेन्सीलाई बताए ।  राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो।

उनले अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाएका छन् । उनले भने, “सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक, मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ, अन्यथा [देश] भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ,’ उनले भने ।

तालिवानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताएका छन् । पुटिनले भने, “अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ ।”, टोलो न्यूजले रिपोर्ट गरेको छ। यसबाहेक, उनले काबुल र मस्कोबीचको सम्बन्ध “सम्भव राम्रो तरिकाले”, विकास हुने बताएका छन् ।

“यो हाम्रो लागि निष्क्रिय मुद्दा होइन किनभने हामीसँग मध्य एसियाली गणतन्त्र, सोभियत संघका पूर्वगणतन्त्रसँग खुला सीमाना छन्, र निश्चितरूपमा, त्यहाँ केही चरमपन्थी तत्त्वको सम्भावित आक्रमणले हामीलाई सचेत रहन झक्झकाएको छ” पुटिनले थपे ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्