Logo

गण्डकीका आधाले पाए पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत



पोखरा, १० पुस : गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।

प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् । मनाङमा पहिलो डोज लगाउने पाँच हजार दुई सय ३४ छन् भने चार हजार ६ सय १५ ले पूरा डोज पाएका छन् । मुस्ताङमा १४ हजार एक सय १० जनाले पहिलो खोप लगाएकोमा १३ हजार ६ सय २८ ले दोश्रो डोज पाइसके । अन्य नागरिकले फरक जिल्लामा पुगेर भए पनि खोप लगाइसकेको उल्लेख छ।

गोरखामा एक लाख ५२ हजार एक सय ४४ जनाले पहिलो डोज लगाएकोमा एक लाख ११ हजार सात सय ६५ ले दोश्रो डोज पाइसकेका छन् । म्याग्दीमा ६७ हजार तीन सय ४१ ले पहिलो डोज र ५५ हजार एक सय १० जनाले दोश्रो, कास्कीमा तीन लाख ८४ हजार एक सय ९४ जनाले पहिलो डोज र तीन लाख ९६ हजार आ७ सय ६३ जनाले दोश्रो डोज पाएका छन् । अन्य जिल्लामा पहिलो डोज लगाएर आएकाहरूले पनि कास्कीबाट दोश्रो डोज पाएकोले तथ्यांक तलमाथि परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लमजुङमा एक लाख २४ हजार नौ सय ३४ ले पहिलो डोज र ८७ हजार आठ सय दुई जनाले दोश्रो डोज पाएका छन् । यस्तै, तनहुँमा दुई लाख तीन हजार चार सय ७४ जनाले पहिलो डोज र एक लाख १२ हजार ६ सय ९५ जनाले दोश्रो डोज, स्याङजाका एक लाख ८० हजार सात सय ८१ ले पहिलो र एक लाख ४८ हजार नौ सय २२ ले पूरा डोज पाएका छन् ।

पर्वतका ८५ हजार तीन सय १५ ले पहिलो डोज र ७४ हजार एक सय १४ ले दोश्रो, बागलुङबाट एक लाख ४७ हजार एक सय ३७ ले पहिलो डोज लगाएकोमा ८५ हजार नौ सय ५४ ले दोश्रो तथा नवलपुरका दुई लाख १७ हजार दुई सय ८३ ले पहिलो डोज र एक लाख दसई हजार एक सय ९० ले पूरा डोज पाएका छन् ।

लक्षित वर्गका लागि खोप पर्याप्त आयात भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले १८ वर्ष उमेरभन्दा माथिकालाई खोप लगाउन सूचना निरन्तर निकाले पनि खोप लगाउन आउनेहरू निकै कम भएको सचिव डा. विनोदविन्दु शर्माले बताए ।

गण्डकीमा पहिलो पटक १५ चैत ०७६ मा बागलुङकी किशोरी अंशु सापकोटालाई कोभिड पुष्टि भएको थियो भने २५ जेठ ०७७ मा स्याङ्जाका ६० वर्षीय एक पुरुषको पहिलो मृत्यु भएको थियो । हालसम्म ८८ हजार संक्रमित भएकोमा एक हजार चार सय २५ को मृत्यु भैसकेको छ । पछिल्ला दिनमा कोभिडबाट हुने मृत्युदर लगभग शून्य प्रायः छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्