Logo

निर्दोष जनता आक्रोशित भई नेताहरुलाई झम्टिरहेका छन्ः सीपी मैनाली



काठमाडौं, ११ पौष । नेकपा मालेका महासचिव सीपी मैनालीले जनता नेताहरुसँग आक्रोशित भएको टिप्पणी गरेका छन् । उनले जनता निर्दोष रहेको भन्दै आक्रोशित भई झम्टिरहेको अवस्था पाएको टिप्पणी गरेका हुन् ।

‘निर्दोष जनता आक्रोशित भई झम्टिरहेको पाइरहेको छु,’ नेता मैनालीले नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा भने,‘ठूलो नेतामाथि प्रश्न तेर्सिएको छ ।’

मैनालीले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको बताए । उनले अहिलेको परिवर्तन समयसापेक्ष थियो या थिएन समिक्षा गर्ने बेला पनि आएको बताए ।



प्रतिक्रिया दिनुहोस्