काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले आफ्नो दलले कहिले दोस्रो नभएकाको समेत अभ्यास गरेको टिप्पणी गरेका छन् । माओवादी छाडेका डा. बाबुराम भट्टराईतर्फ संकेत गर्दै उनले डिग्रीले मात्र केही नहुने बताए ।
‘हामीले नेभर सेकेन्डको अभ्यास पनि गर्यौं,’ यादवले माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा भने,‘डिग्री गर्दैमा मात्र हुँदैन, क्रान्तिलाई बीच बाटोमा छाड्ने अवसरवादी मात्र हुन् ।’
यादवले प्रचण्ड उदार नभइदिएको भए मधेश आन्दोलनको माग स्वीकार नहुने टिप्पणी गरे । प्रचण्डले अन्तिम समयसम्म नेतृत्व छाड्न नहुने बताउँदै भने,‘पुस्तान्तरण पूँजीवादी शैली हो ।’ उनले स्थापित नेतालाई पाखा लगाइदिने र केही नजान्नेलाई नेता बनाइदिने भन्दै आलोचना गरे ।